Crest of the Australian Government Unique Student Identifier-Logo

About the USI (Nepali/नेपाली)

What is a Unique Student Identifier (यूनिक स्टुडेण्ट आईडेन्टीफाएर के हो) (USI)?

A Unique Student Identifier (USI) विद्यार्थीहरुकोलागि अष्ट्रेलियामा राष्ट्रव्यापी मान्यता हुने तालिमको लागि वा उच्च-शिक्षा योग्यताको लागि प्रयोग गरिने एउटा रेफरेन्स नंम्बर हो।

एउटा USI ले अनलाइन खातामा लिंक गर्दछ जुन तपाइँको सबै Vocational Education and Training (व्यावसायिक शिक्षा र प्रशिक्षण) (VET) प्रशिक्षण रेकर्ड र १ जनवरी २०१५ बाट पूरा हुने परिणामहरूलाई समावेश गर्दछ।

जब कुनै जागिरको लागि आवेदन दिईरहेको छ वा थप अध्ययन गर्नुहुन्छ तपाईले आफ्नो VET प्रशिक्षण रेकर्ड र नतिजा नयाँ रोजगारदाता वा प्रशिक्षण स्कूललाई दिन आवश्यक पर्दछ।

तपाईं आफ्नो परिणामहरू र रेकर्ड तपाईंको USI खाताबाट कम्प्युटर, ट्याब्लेट वा मोबाइल फोनबाट अनलाइनमा पहुँच गर्न सक्नुहुनेछ।

USI कसलाई चाहिन्छ?

१ जनवरी २०१५ पछि अध्ययन गर्ने कुनै पनि विद्यार्थीको लागि। यसमा विश्वविद्यालय, TAFE वा निजी कौशल प्रशिक्षण स्कूलको साथ अध्ययन, काममा तालिमे अध्ययन गर्दा, प्रमाणपत्र तह वा डिप्लोमा गर्ने अध्ययनहरु समावेश गर्दछ।

तपाईले USI किन हासिल गर्नु पर्दछ?

कानून अनुसार अध्ययनरत विद्यार्थीहरुले उनिहरुको तालिम सकिन अगाडी USI हुनु आवश्यक छ।

मैले USI कसरी प्राप्त गर्न सक्दछु?

तपाईं एउटा USI को लागी यदि तपाईंसँग परिचय पत्र तयार छ र अंग्रेजी पढ्न सक्नुहुन्छ भनेअनलाइनमा आवेदन गर्न सक्नुहुनेछ। यदि तपाई अंग्रेजी पढ्न सक्नुहुन्न भने तपाईले साथी वा परिवारको सदस्य संग मद्दत लिन सक्नुहुनेछ। तपाईंको प्रशिक्षण स्कूलले पनि तपाईंलाई USI को लागि आवेदन दिन मद्दत गर्न सक्छ।

उल्थाउने व्यक्ती

अंग्रेजी बोल्न वा बुझ्न कठिनई हुने व्यक्तीहरुको लागि ट्रान्सलेटिंङ्ग एण्ड ईन्टप्रेटिंङ्ग सर्भिस(TIS National) 131 450 (स्थानिय फोन कलको दरमा) मा फोन गरेर प्राप्त गर्न सक्नुहुनेछ। TIS National लाई USI कार्यालयको 1300 857 536 मा फोन गर्न भन्नुहोला। TIS National ले १६० भन्दा बढी भाषाहरु र संवादहरुमा दोभाषे सेवा उपलब्ध गराऊँदछ।

धन्यावाद

Office of the Student Identifiers Registrar (OSIR)
Last Modified on Wednesday 7th June 2023 [131]